You are viewing the translated version of हायर पर्चेज कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्था.
Section 34
हायर पर्चेज कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्था
(१) हायर पर्चेज कारोबार गर्ने व्यक्तिले मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिल नगरेको भएमा आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्मको कारोबारको दुई प्रतिशतले हुने रकम संवत् २०८० _साल मंसिर मसान्तसम्म दाखिल गरेमा आर्थिक वर्ष २०७७/०७८ रु सो भन्दा अघिका आर्थिक वर्षहरुको मूल्य अभिवृद्धि कर. र सोमा लाग्ने जरिबाना, थप दस्तुर र ब्याज मिनाहा हुनेछ।
(२) उपदफा (१) बमोजिम आर्थिक वर्ष २०७७/०७८ र सो भन्दा अघिका आर्थिक वर्षहरुको मूल्य अभिवृद्धि कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्मको कारोबारको दुई प्रतिशतले हुने रकम संवत् २०८० साल मंसिर मसान्तसम्म दाखिल गरेमा आर्थिक वर्ष २०७७/०७८ र सो भन्दा अघिका आर्थिक वर्षहरुको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने जरिबाना, थप दस्तुर र व्याज मिनाहा हुनेछ।